काठमाडौं । नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नम्बर १२ बीच आँखा उपचार र स्वास्थ्य शिविर सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार वडा नम्बर १२ मा चालू आर्थिक वर्षमा सञ्चालित आँखा स्वास्थ्य शिविरबाट वडावासीले निःशुल्क उपचार पाउनेछन् ।
सम्झौतापत्रमा वडाको तर्फबाट वडाअध्यक्ष बालकृष्ण महर्जन र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अध्यक्ष महर्जनले यस कार्यक्रमले वडावासीले थप सुविधा प्राप्त गर्ने विश्वास लिएको बताए । अस्पतालका कार्यकारी निर्देशक गोसाईले अहिले परीक्षणका रूपमा यो कार्यक्रम सञ्चालन गरिएको भएपनि भविश्यमा अझ प्रभावकारी ढंगबाट अघि बढ्ने जानकारी दिए ।