भदौ २६, विराटनगर। विराटनगरमा आयोजित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन) को ११औ महाधिवेशन मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै सम्पन्न भएको छ।
‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित ११औ महाधिवेशन सम्पन्न भएको हो ।
उक्त महाधिवेशनबाट मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भचएको छ । समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणि कुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन भएका छन् ।
सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि. सी., सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।
सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो ।
साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गरिएको एनटिनले जनाएको छ ।