काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन भएको छ । यस बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ३ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ३१० दशमलव ३६ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२२ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यका आधारमा आइतवार बैंकको शेयर कारोबार खुल्नेछ ।