काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित हिल्टन होटेलमा फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छूट पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र हिल्टन होटेलबीच यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार छूट सुविधाका लागि ेग्राहकले उक्त बैंकको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न बैंकले विभिन्न छूट तथा सुविधा दिँदै आएको जनाएको छ ।