काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।
कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलीकरणमा खर्च गर्ने निर्णय गरेको छ ।
गत आर्थिक वर्षमा बैंकले रू. १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० खुद नाफा कमाएको थियो ।
बैंकले अघिल्लो आवको मुनाफाबाट भने ४ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।