काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक शेयर भोलि (सोमवार) देखि सर्वसाधारणमा जारी गर्दैछ । कम्पनीले यसअघि गत भदौ ८ देखि २२ गतेसम्म २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर विक्री खुला गरेको थियो ।
सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले विक्री गर्न लागेको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंबाट प्राप्त गर्न र पेस गर्न सकिने व्यवस्था छ । बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बोलपत्र पेस गर्ने अन्तिम मिति भने साउन १५ गतेसम्म छ ।