काठमाडौं । नेपाल इन्स्योरेन्सले चैत १९ गते आज ७६औं वार्षिक साधारण सभा गर्दैछ । विहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा कम्पनीले सभा गर्न लागेको हो । कम्पनीले गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश प्रस्तावसँगै बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।