काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९ दशलमव ८९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. ३६ करोड ४० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४० करोड भन्दा बढी पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नापाm बढ्न टेवा पुगेको हो । कम्पनीको आम्दानी अघिल्लो आवमा रू. ६६ करोड ९६ लाख रहेकोमा गत आवमा बढेर रू. ७१ करोड ५५ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४९ करोड रहेको छ । कम्पनीले जगेडा तथा कोषमा रू. ४९ करोड २७ लाख र बीमा कोषमा रू. ९५ करोड २६ लाख सञ्चिती गरेको छ ।
गत आवमा कम्पनीले पुनर्बीमा कमशिन बापत रू. २२ करोड ५३ लाख आम्दानी गरेको छ । सो अवधिमा कम्पनीले लगानी ,कर्जा तथा अन्यबाट रू. १० करोड ७१ लाख आम्दानी गरेको हो ।
कम्पनीले कुल रू. १ अर्ब ५८ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २६ दशमलव ७६,मूल्य आम्दानी अनुपात ३० दशमलव ६४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९६ दशमलव ७० रहेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.