काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (भाेलि)सम्म छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १४ गते (शुक्रवार)देखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेकाले भोलिसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीकाे आगामी असोज २८ गते साधारण सभा बाेलाएकाे छ । ललितपुर, पुल्चाेकस्थित याक प्यालेसमा उक्त दिन बिहान ११ः३० बजे साधारण सभा शुरु हुने कम्पनीले जनाएकाे छ । साधारण सभामा गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएकाे छ ।