काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृति माग गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि कम्पनीले लाभांश वितरण गरेको छैन । हाल यस कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । यो कम्पनी खुद नोक्सानीमा रहेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ४४ लाख ३९ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा २५ करोड ७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।