काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति/संस्थामा विक्री खुला गरेको हो ।
प्रतिशेयर २८० रुपैयाँ तोकिएको यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । आवेदन पेस गर्दा न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।
यी शेयर बाँडफाँटमा प्राप्त लगानीकर्ताले वैशाख १८ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुनेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।