काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बिहीवार (मंसिर ७ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १३ हजार ७५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको थियो ।
कम्पनीले दोस्रो चरणमा मंसिर १० गते अर्थात आइतबारदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता शेयर म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
भिडियो रिपोर्ट