जनकपुरधाम। नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान यसपटक प्रतिव्यक्ति रू. ४ लाख १५ हजार शुल्क लाग्ने नेपाल हज समितिले बताएको छ । गतवर्ष नेपालबाट हज गर्न जानेहरूले रू. ४ लाख ६५ हजार तिर्नुपरेको थियो ।
साउदी अरब सरकारले यस वर्ष हजका लागि नेपाललाई १ हजार २०० कोटा प्रदान गरेको हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले बताए । नेपालबाट यस वर्ष सर्वसाधारण ७५४ र दुई डाक्टर र आठजना प्रतिनिधि हजका लागि साउदी अरब जाँदै छन् । हज यात्रा बुधवारदेखि शुरू भएको छ ।
हज समितिका अनुसार हजीले तिरेको रकमबाट उनीहरूलाई हवाईजहाज भाडा, खाना र बसाइको व्यवस्था गरिनेछ । हजका लागि जानेहरू ६ ओटा उडानमार्फत साउदी अरब पुग्दै छन् । आज (आइतवार)सम्ममा सबै हजी साउदी अरब गइसक्नेछन् ।