काठमाडौं। टाँस्ने र जोड्ने काममा प्रयोग हुने ‘साटो’ औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि साटोको आधिकारिक विक्रेता ट्राइनोक्स एडेसिभ प्रालिले आइतवार काठमाडौंमा कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो ब्राण्ड एम्बासेडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सञ्जय सिंघानीयाले विश्वभरका ग्राहकको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्राण्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गरे । कम्पनीका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सुजीत मधोगोरियाले भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति भएको बताए । साटोले मिक्सिङ, ब्लेन्डिङ र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट उत्पादन गर्दै आएको बताइएको छ ।
साटोको उत्पादन शृंखलामा आर्केलो, एक्स्ट्रीम, ओसन, एलाइट जस्ता उच्च गुणस्तरीय उत्पादन रहेको बताइएको छ । यी उत्पादन विशेष रूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएको बताइएको छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्र पनि प्राप्त गरेको बताइएको छ ।