नेपाल हिमाल, पहाड र तराईको भूभागमा बाँडिएको सबैलाई थाहा नै छ । तर यहाँका पहाड र हिमालमा विभिन्न खनिज रहेका र तीमध्ये रत्न खनिजहरू पनि छन् भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । हरिप्रसाद तिम्सिनाद्वारा लिखित ‘नेपालका खनिज रत्न’ नामक पुस्तकमा नेपालको विभिन्न भेगमा पाइने रत्न खनिजसम्बन्धमा लेखकको अनुभव, भोगाइ र खोजलाई समष्टिगत रूपमा सरल भाषामा समेट्न खोजिएको छ ।
ज्ञान बाँड्नु ठूलो कुरा हो । व्यक्तिगतरूपमा लेखक तिम्सिना २०४१ सालदेखि नै नुवाकोट, सँखुवासभा र विभिन्न जिल्लामा क्वार्ज, एक्वेमेरिन, टुर्मालिन र गार्नेट रत्न खनिजको खोज तथा उत्खनन् कार्यमा संलग्न रहेका छन् । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा हुने जेम्ससम्बन्धी प्रदर्शनहरूमा पनि उनको सहभागिता रहँदैआएको छ । यसरी दुवै क्षेत्रमा उनको लामो अनुभव रहेको पाइन्छ । नेपाली भाषामा नेपालकै सन्दर्भ जोडेर लेखिएका यस विधाका पुस्तकहरू नै नरहेको अवस्थामा तिम्सिनाको यो पुस्तक आपैmमा एक खोज हो ।
पुस्तकमा खनिजको इतिहास, खनिज रत्नको खानीको निर्माण विधिको भौगर्भिक अवस्था, पेग्माटाइट चट्टानको निर्माण विधि, खनिज रत्नको सम्भावनाका लागि नेपालका पेग्माटाइटको विषयको जानकारी, केही जिल्लागत तथ्यहरूका साथ प्रस्तुत गरिएको छ । यस कृतिमा खनिज रत्नहरू टुर्मालिन, एक्वेमेरिन, ह्याम्बरगाइट, डान्बुराइट र विशेषतः क्वार्ज खनिजको बारेमा विस्तृत जानकारी दिइएको छ । साथै, लेखक स्वयंबाट संकलित रत्न खनिजका नमूना र तिनका रंगीन फोटोहरू पनि यसमा समेटिएका छन् । ती स्तरीय फोटोहरू हेर्दा लेखकले अत्यन्त धेरै मिहिनेत गरेर संग्रह गरेको देखिन्छ । पुस्तकले नेपालको खनिज रत्नसम्बन्धी तथ्यहरू, लेखकको लामो समयको अथक प्रयास र स्थलगत अनुभव र विश्लेषणात्मक ज्ञानलाई समष्टि रूपमा प्रस्तुत गर्न खोजेको छ ।
नेपाल सरकारबाट रत्न खनिजलाई कोरा रूपमा विदेश निकासी गर्न अहिले रोक लगाइएको छ । यस्तो स्थितिमा यस पुस्तकको अनुवाद अंगे्रजी भाषामा गर्न सकिए नेपाल लगायत विदेशी बजारहरूमा नेपालका खनिज रत्नको प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । नेपालका महाभारत तथा हिमाली शृंखलाका जिल्लाहरू पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्म रत्न खनिज पाइन्छन् ।
यस पुस्तकले भने त्यस्ता खनिज पाइने क्षेत्रहरूमा खनिज तथा खानीको अध्ययन गरी त्यसको सूचना जनस्तरसम्म पु¥याउन सम्बन्धित निकायलाई घच्घच्याउने छ । यस्ता प्राकृतिक रत्न खनिजको उत्खनन् तथा कटिङसम्बन्धी तालीम दिँदै यसको संरक्षणका लागि भावी पुस्तालाई उत्पे्ररित गर्न तथा सोसम्बन्धी नीति निर्माण तथा कानून तर्जुमा गर्न यस पुस्तकले सम्बद्ध क्षेत्रलाई मार्गदर्शन गर्न सक्ने देखिन्छ ।
पुस्तकमा हिन्दु शास्त्रीय अवधारणाको ज्योतिष विद्यामा राशिहरूको आधारमा रत्न पत्थर तोकिएको र सोबारेमा थप विषयवस्तुसमेत समेटिएको भए अझ राम्रो हुने थियो । खनिज रत्नको अपेक्षितरूपमा अन्वेषण, उत्खनन तथा विकास हुन नसकिरहेको वर्तमान अवस्थामा नीति निर्माणकर्ता, शिक्षक तथा जिद्यार्थी वर्ग र रत्न खनिजबारे जानकारी राख्न चाहने सबैले यो पुस्तक एकपटक पढ्नै पर्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.