जटिल भू–बनोट भएका राष्ट्रले बलियो अन्तरराष्ट्रिय (कूटनीतिक तथा व्यावसायिक) सम्बन्ध विस्तार गर्न जलमार्ग, स्थलमार्ग र हवाइसेवा सञ्जाल विस्तार गर्नुुपर्छ । तर, नेपालमा अहिलेसम्म त्यस्ता कुनै पनि सञ्जाल विस्तार हुन सकेका छैनन् । कतिपय अर्थशास्त्री सुदृढ सञ्जाल विस्तार नभएकै कारण नेपालको अन्तरराष्ट्रिय व्यापार सन्तुलन बिग्रिएको ठान्छन् । व्यापारघाटा चुलिने कारण सञ्जाल मात्रै नहुन सक्छ तर अन्तरराष्ट्रिय कारोबार गर्न सडक, रेल, जल वा हवाइमार्गको महत्त्वपूर्ण भूमिका भने रहन्छ नै ।
जति धेरै महत्त्व भए पनि भूपरिवेष्टित राष्ट्रले जलमार्ग विस्तार गर्न सक्दैन । कमजोर कूटनीतिक अभ्यास भएका राष्ट्रले अन्तरराष्ट्रिय सन्धिसम्झौताबाट पनि खासै फाइदा लिनसक्ने अवस्था रहँदैन । भूपरिवेष्टित भएकाले नेपाल जलयातायातका फाइदाबाट त वञ्चित छ नै, जटिल भूबनोटले सडक सञ्जालबाट पनि अपेक्षित लाभ लिन सकेको छैन । पर्यटन तथा सेवा व्यापारलाई आर्थिक विकासको बलियो आधारका रूपमा प्रस्तुत गरिरहेका बेला अपेक्षित नतिजा प्राप्त गर्न हवाइसेवा विस्तार उपयुक्त विकल्प हो । नेपालमा २००६ सालबाट हवाइसेवा शुरू भएको हो ।
हवाइसेवा मुख्यगरी सुगम यातायात (जल तथा स्थल) सेवाबाट वञ्चित नागरिकलाई खाद्यान्न तथा औषधिजस्ता न्यूनतम आधारभूत आवश्यकतासँग जोड्न महŒवपूर्ण हुन्छ । यसले नागरिकको पहुँच र व्यावसायिकता दुबै विस्तार गर्छ । हवाइयात्रा सुरक्षित, आरामदायी, छिटो र रमाइलो हुने भएकाले पनि यसको महत्त्व अझै बढेको हो ।
विश्वमा सन् १९०३ देखि हवाइसेवा शुरू भएको हो । तर, नेपालमा हवाइसेवा सञ्चालन भएको भर्खर ६९ वर्ष पुगेको छ । २००६ सालमा बेलायतका एच वेडलर्नले पहिलोपटक चारसिटे विमान काठमाडौंको गौचरनमा सफलतापूर्वक अवतरण गरेपछि हवाइसेवाको यात्रा आरम्भ भएको थियो ।
त्यसपछि, गौचरनमै डकोटाका ३ ओटा वायुयान अवतरण गरिएको थियो । २००७ सालमा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो वाणिज्य उडान (चार्टर्ड) गरेको थियो । त्यसयता क्रमशः शाही नेपाल वायुसेवा निगमको स्थापना, हवाई उडान ऐन–२०१५ लागू गर्ने काम भएको हो ।
२०४९ सालमा स्थापना भएको पर्यटन मन्त्रालयअन्तर्गत हवाई विभाग र पछि नेपाल नागरिक उड्डयन प्राधिकरणसमेतलाई शक्तिशाली नियामकका रूपमा विस्तार गरेपछि हवाइसेवा व्यावसायिक रूपमा विस्तार भयो ।
६९ वर्षमा कहिले के भयो ?
- २००६ सालमा भारतीय राजदूत सरजित सिंहको चारसिटे विमान पहिलो पटक नेपाली भूमि (गौचरन) मा अवतरण ग¥यो ।
- २००७ सालमा पहिलो पटक हिमालयन एभिएशनको डकोटा विमानले गौचरनबाट कोलकाता चार्टर्ड उडान ग¥यो ।
- २०१२ सालमा राजा महेन्द्रले पहिलो गौचरन विमानस्थललाई औपचारिक उद्घाटन गरी त्रिभुवन विमानस्थलमा रूपान्तरण गरे ।
- २०१४ सालमा नागरिक उड्डयन विभाग गठन भयो र पहिलो पटक विमानस्थलको घाँसे धावनमार्गलाई पिच गर्ने काम भयो ।
- २०१५ सालदेखि शाही नेपाल वायु सेवा निगमले हवाई (आन्तरिक र बाह्य) सेवा दिन थाल्यो ।
- २०१६ सालमा प्राधिकरण संस्थानमा परिणत भयो ।
- २०१७ सालमा प्राधिकरणले अन्तरराष्ट्रिय हवाइसेवा प्रदायक संस्था आइकाको सदस्यता पायो
- २०२१ सालमा त्रिभुवन विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परिणत भयो ।
- २०२४ सालमा जर्मनको लुफ्थान्सा
- एयरको बोइङ ७०७ काठमाडौंमा अवतरण ग¥यो । त्यसै वर्ष विमानस्थलको ३ हजार ७ सय ५० फिट लामो धावनमार्ग ६ हजार ६ सय फिटमा विस्तार भयो ।
- २०२५ सालदेखि नेपाल/थाइल्याण्ड नियमित हवाइसेवा शुरू भयो ।
- २०२९ सालमा नेपाल एयरलाइन्सको पहिलो बोइङ ७२७/१०० ले हवाइसेवा दिन थाल्यो । त्यसै वर्षदेखि नेपाली एटीसी प्राविधिकहरूले समेत सेवा दिन थाले ।
- २०४६ सालमा पहिलो अन्तरराष्ट्रिय टर्मिनल निर्माण ।
- २०४९ सालमा उदार उड्डयन नीति स्थापना लागू भयो र आन्तरिक हवाइसेवामा निजी क्षेत्रको आगमन ।
- २०५० सालमा नागरिक उड्डयन नीति लागू ।
- २०५२ सालमा आन्तरिक टर्मिनल भवन विस्तार ।
- २०५९ सालमा एयर कार्गाे सेवा शुरू ।
- २०६० सालदेखि मुगुको रारा, सोलुखुम्बूको खंगेलडाँडा र खोटाङको थामखर्कबाट हवाइसेवा आरम्भ ।
- २०६२ सालदेखि दुई निजी हवाइसेवा प्रदायकबाट अन्तरराष्ट्रिय हवाइसेवा शुरू ।
- २०६३ सालमा नयाँ हवाई नीति निर्माण ।
- २०६४ सालदेखि एतिहाद, ड्रागन, सिल्क, ओरियण्ट थाई र हङकङ एक्सप्रेसले अन्तरराष्ट्रिय सेवा दिन थाले । बढ्दो हवाई चापका कारण सोही वर्षदेखि नै सरकारले दोस्रो अन्तरराष्ट्रिय विमान स्थल निर्माणका लागि स्थान छनोट प्रक्रिया आरम्भ गर्यो ।
- २०७० सालदेखि विमानस्थलमा स्वचालित उपकरण/मेशिन जडान गर्ने योजना सार्वजनिक गर्यो ।
- नेपाल वायुसेवा निगम
- यती एयरलाइन्स
- बुद्ध एयर
- तारा एयर
- सीता एयर
- सिम्रिक एयरलाइन्स
- मकालु एयर
- फिसटेल एयर
- हेली एभरेष्ट
- मनाङ एयर
- हिमालय एयरलाइन
- प्रभु हेटिकोप्टर
- हेली एभरेष्ट
- समिट (गोमा) एयर
- श्री एयरलाइन्स
- सौर्य एयरलाइन्स
- माउण्टेन हेलिकोप्टर
- एयर डाइनाष्टि हेली सर्भिस
- नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ को अधीनमा रहेर प्राधिकरणले हवाइसेवा प्रदायक र नियमन गर्ने काम गर्दछ ।
- कानूनी दायराभित्र रहेर हवाइसेवा प्रदान गर्न संस्थाहरूलाई वायुसेवा सञ्चालनको अनुमति दिने वा अधिकार निलम्बन वा रद्द गर्ने काम गर्दछ ।
- हवाई उडानसम्बन्धी प्रशिक्षण गर्ने अनुमति दिने वा निलम्बन गर्ने गर्दछ ।
- विमान वा त्यसका पार्टपूर्जा उत्पादन मर्मत तथा परीक्षण गर्ने संस्थालाई अनुमति दिने र त्यस्ता संस्थाका प्राविधिकलाई रेटिङ गर्ने अधिकार दिने वा चित्तबुझ्दो काम नदेखिए भएको अधिकार खोस्ने गर्दछ ।
- वायुसेवा सञ्चालनको योग्यता निर्धारण गर्ने वा रद्द गर्ने काम गर्दछ ।
- अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनका सदस्य राष्ट्रबाट वायुसेवा सञ्चालनसम्बन्धी अनुमति लिनेदिने, कार्य क्षमताको रेटिङ गर्नेलगायत काम गर्दछ ।
- वायुयानको दर्ता गर्ने र आधिकारिक चिह्न दिने काम गर्दछ ।
- वायुयानको उडान योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ एयरवर्दिनेश) दिने, नवीकरण गर्ने र खारेज गर्ने गर्दछ ।
- वायुयानको उडान र डाँक तथा मालसामान ओसार्ने, व्यावसायिक प्रयोजनका लागि वायुयान प्रयोग गर्ने अवस्था तोक्ने काम गर्दछ ।