नेपालमा वार्षिक रू. १ खर्ब ७५ अर्ब मूल्यबराबरको काठ खपत हुने गरेको छ । फर्निचर, समिल, प्लाइऊड र कत्था मिलले उक्त परिमाणमा काठ खपत गरिरहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका अध्यक्ष कपिलप्रसाद अधिकारीले अभियानलाई बताए । उनले भने, ‘वार्षिक करीब ५ करोड क्यूबिक फिट काठ खपत हुन्छ ।’
अहिले बजारमा ‘ए’ ग्रेडको साल र कडा काठको उपभोक्ता मूल्य प्रतिक्यूबिक फिट रू. ४ हजार र कुकाठको औसत मूल्य प्रतिक्यूबिक फिट रू. २ हजार रहेको महासङ्घका निवर्तमान अध्यक्ष उद्धव मैनालीले जानकारी दिए । नेपालमा शान्तिप्रक्रियाको थालनीपछि काठको खपत बढेको व्यवसायीहरूले बताएका छन् । यस अवधिमा काठको व्यापार उच्च गतिमा बढेको उनीहरूको भनाइ छ । व्यवसायीका अनुसार मुलुकमा खपत हुने काठमध्ये ७० प्रतिशत घर निर्माणमा खपत हुने गरेको छ । महासङ्घका निवर्तमान अध्यक्ष मैनाली भन्छन्, ‘२५ प्रतिशतजति मात्रै फर्निचर र प्लाइऊडमा खपत हुन्छ ।’
वर्ष ७, अंक ३३९, मंगलवार ५ भदौ, २०६९