काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँचै जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् ।
उक्त पदका लागि सर्टलिस्टमा परेका चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालले आज अर्थमन्त्रालयमा व्यावसायिक कार्य योजना प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्रालयले गत आइतवार उक्त पदका लागि आवेदन दिएका मध्येबाट ५ जनाको नाम ‘सर्टलिस्ट’ गरी उनीहरूलाई व्यावसायिक कार्ययोजना पेश गर्न र अन्तवार्ताका लागि आज बोलाएको थियो ।