काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले बुधवार आयोजना गरेको २७औं वार्षिक साधारण सभा स्थगित भएको छ । गणपुरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको लगानीकर्ता डम्बरु बल्लभ घिमिरेले बताए ।
कम्पनीले यसअघि दुई पटक सभा गर्न खोजे पनि गणपुरक संख्या नपुगेपछि हुन सकेको थिएन । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते सभा बोलाएकाे थियो । बुधवारसँगै तेस्रो पटक कम्पनीको साधारण सभा स्थगित भएको छ ।
बुधवार सभामा लगानीकर्ता र सञ्चालकबीच विवाद भएको थियो । सभामा लगानीकर्ताले कम्पनीले हकप्रद शेयर निष्कासन गरेर आएको लगानीबारे जानकारी नदिइएकाे भन्दै आक्राेश पोखेका थिए । साथै उनीहरूले लगानीकर्तालाई लाभांश नदिइएको भन्दै विरोध पनि जनाएका थिए ।
कम्पनीले बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट सभा बोलाएको थियो ।