काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले जेठ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।