काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार नेशनल लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपालको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ५५७ दशमलव ३९ कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४१ मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले नेशनल लघुवित्तको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार १३४ ६ दशमलव ८८ कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २२० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर बुधवार दोस्रो बजारमा यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।