काठमाडौं। चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८ दशमलव ८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीबाट कम्पनीले पहिले रोकिएका उत्पादन फेरि शुरू गरेको बताइएको छ । कम्पनीले सन् २०२५ मा नेटाको अन्तरराष्ट्रिय बजारमा विक्री दोब्बर पार्ने बताएको छ ।
नेटाको घरेलु विक्री २०२४ को अन्त्यतिर घटेको देखिएको बताइएको छ । चाइना ईभी डेटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट विक्री गरेको थियो, जसमा ४० दशमलव २ प्रतिशतको वार्षिक ह्रास देखिएको बताइएको छ । कम्पनीका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरे । नेटामा राज्य स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएएलटीले यो लगानीमा सहभागी भएको बताइएको छ ।