काठमाडौं। निर्धन उत्थान लघुवित्त शाखा कार्यालय जुम्लाले गत फागुन २३ मा बीमा क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ । संस्थाको जुम्ला शाखाअन्तर्गत चन्दननाथ नगरपालिका–१ तलिचौरस्थित डाँफे महिला समूहकी सदस्य गोबिसरा दमाईको श्रीमान्को मृत्यु भएकोले सदस्य दमाईलाई बीमा क्षतिपूर्ति बापत रू. २ लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको बताइएको छ ।
त्यस्तै, चन्दननाथ नगरपालिका–१ तलिचौरस्थित लालीगुराँस तलिचौर महिला समूहकी सदस्य चल्ली कामीको घर पूर्ण रूपमा भत्किएकाले कामीलाई राहत रकम रू. ६ हजारको चेक हस्तान्तरण गरिएको थियो । एक कार्यक्रमकाबीच दुवै रकमको चेक चन्दननाथ नगरपालिका–१ का अध्यक्ष तिलकप्रसाद न्यौपानेले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखा प्रमुख कृष्ण न्यौपानेले संस्थाको संक्षिप्त परिचय दिँदै संस्थाले उपलब्ध गराउने सेवा सुविधा बारे जानकारी दिएका थिए ।