स्वदेशी वस्तु तथा सेवाको अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले फ्रान्सको राजधानी पेरिसमा व्यापारिक एक्स्पो आयोजना हुने भएको छ । व्यापार एक्स्पोलाई वस्तु तथा सेवाको बजार प्रवर्द्धन गर्ने उपयुक्त थलोका रूपमा लिने गरिन्छ । चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री पेरिस (सीसीआईपी) को प्राविधिक सहयोगमा नेपाल–फ्रान्स चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनएफसीसीआई) ले गर्ने व्यापारिक एक्स्पो यूरोपमा खस्कँदै गएको नेपाली वस्तुको निर्यात प्रवर्द्धनका लागि सहयोगी बन्न सक्छ ।
देशको निर्यात व्यापार वार्षिक रु. १ खर्ब पुर्याउने सरकार तथा निजीक्षेत्रको संयुक्त सङ्कल्पलाई सफल बनाउन द्विदेशीय चेम्बरले आयोजना गर्ने एक्स्पो दरिलो
कडी बन्ने सम्भावना छ । यो एक्स्पोमा पश्मिना, तयारी पोशाक, हस्तकलाका सामग्री, परम्परागत चाँदीका गहना, थाङ्का तथा केही पर्यटन क्षेत्रको समेत प्रवर्द्धन गर्ने बताइएको छ ।
वर्ष ८, अंक १५१, आइतवार, ६ फागुन, २०६९