काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दोल्ती पावर कम्पनी लिमिटेड ३ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
गत वर्ष यस अवधिसम्म कम्पनी ५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । यस वर्ष कम्पनीले खुद नोक्सानी १ करोड ७७ लाख रुपैयाँभन्दा बढीले घटाएको हो ।
यस वर्ष कम्पनीको वित्तीय खर्च घटेको र विद्युत् विक्री आम्दानी बढेकाले खुद नोक्सानीमा कमी आएको हो । गत वर्ष ६ करोड ५५ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ६ करोड ८५ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
त्यस्तै गत वर्ष ७ करोड ३४ लाख रुपैयाँभन्दा बढीको वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६ करोड ९ लाख रुपैयाँभन्दा बढी मात्र वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने १७ करोड ६४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
तेस्रो त्रैमाससम्म कम्पनी ६ रुपैयाँ ३ पैसा प्रतिशेयर नोक्सानीमा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ११ पैसा छ ।