फागुन २०, इस्लामावाद (पाकिस्तान) । पाकिस्तान सरकारले त्यहाँको राष्ट्रिय ध्वजावाहक विमानसेवा ‘पाकिस्तान इण्टरनेशनल एयरलाइन्स’ (पीआईए) पुनरुत्थान गर्ने योजनालाई स्वीकृत गरेको छ । पछिल्लो समय अर्बौं रुपया घाटा बेहोरिरहेको विमान सेवा कम्पनीलाई उकास्ने लक्ष्यसहितको यो योजना पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले स्वीकृत गरेका हुन् । त्यस्तै, कम्पनीको आम्दानी बढाउन लागत कटौतीका साथै १ वर्षभित्र पुनः नाफामा फर्काउने प्रयास पनि सँगै हुने बताइएको छ । विगत १ वर्षको अवधिमा पीआईएको अव्यवस्थित व्यवस्थापन र अदक्षताका कारण सार्वजनिक क्षेत्रसमेत नराम्ररी प्रभावित बनेको पाकिस्तानी प्रधानमन्त्री इसाक दारको भनाइ छ । पछिल्लो योजनाअन्तर्गत कम इन्धन खपत गर्ने विमानहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ । चारैतिरबाट पीआईएको निजीकरण गरिनुपर्ने माग उठिरहेको समयमा सरकारले यस्तो निर्णय गरेको हो । सरकारले यस वर्षको अन्त्यसम्ममा पीआईएको २६ प्रतिशत शेयर विक्री गर्ने अन्तरराष्ट्रिय मुद्रा कोषलाई लिखित आश्वासन दिएको छ । यसैबीच, एक अधिकारीले भने कम्पनीको पुनर्संरचना र निजीकरण कार्य सँगसँगै जान सक्नेतर्फ औंल्याएका छन् । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.