काठमाडौं । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले पाँच वर्ष पुरानो लाभांश बुझ्न सम्बन्धित शेयरधनीलाई आग्रह गरेका छन् ।
दुवै कम्पनीले सूचना जारी गरी आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट वितरण गर्ने निर्णय भएको नगद लाभांश बुझिलिन आग्रह गरेको हो । फागुन २१ गते सूचना जारी गर्दै दुवै कम्पनीले एक महीनाभित्र सम्पर्क गरी लाभांश भुक्तानी लिन भनेको हो ।
कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीहरूले भनेका छन् । तोकिएको अवधिभित्र भुक्तानी लिन नआए बाँकी रहेको लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।