काठमाडौं । शिवम सिमेन्ट्स लिमिटेडले पुस २९ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ९ बजे राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा वितरण गर्ने प्रस्ताव गरिएको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
रित्त एक स्वतन्त्र सञ्चालक सहित दुई जना सञ्चालकलाई बाँकी कार्यकालका लागि नियुक्ती तथा मनोनयन गरिएकाले सभाले उक्त प्रस्तावलाई अनुमोदन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । यस आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।