काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष (आव) २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।