काठमाडौं । चालू आर्थिक वर्षको १० महीना अर्थात वैशाखसम्मको तथ्यांक हेर्दा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १५ ओटा फाइनान्स कम्पनीमध्ये ७ ओटाले मात्रै नाफा कमाएका छन् भने बाँकी ८ कम्पनी घाटामा रहेका छन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
बैशाख मसान्तसम्ममा नाफामा रहेको वित्त कम्पनीहरूमध्ये सबैभन्दा अगाडि मञ्जुश्री फाइनान्स कम्पनी अगाडि रहेको छ । यस कम्पनीले बैशाख सम्ममा रू. २० करोड ४२ लाख नाफा आर्जन गरेको छ । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्स कम्पनीले रू.६ करोड ५३ लाख नाफा कमाएको छ ।
तेस्रो स्थानमा आइसिएफसी फाइनान्सले बैशाख मसान्तसम्ममा रू.४ करोड ८९ लाख नाफा कमाएको हो । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले रू. ३ करोड ५७ लाख,मल्टीपर्पस फाइनान्सले रू. १ करोड ९३ लाख,वेष्ट फाइनान्सले रू. ३९ लाख २० हजार नेपाल फाइनान्सले रू.१२ लाख ३० हजार नाफा आर्जन गरेको छ ।
घाटामा रहेका आठ फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा बढी घाटामा पोखरा फाइनान्स रहेको छ । यस कम्पनी बैशाख मसान्तसम्ममा रू. १७ करोड ३३ लाख घाटामा रहेको हो । दोस्रोमा समृद्धि फाइनान्स रहेको छ । यस कम्पनी रू. १३ करोड ३६ लाख घाटामा रहेको छ । त्यस्तै जानकी फाइनान्स रू. ९ करोड ६९ लाख,गुडवील फाइनान्सले रू. ७ करोड ४८ लाख, प्रोग्रेशिभ फाइनानस रू. ६ करोड १४ लाख,सेन्ट्रल फाइनान्स रू.५ करोड २३ लाख , रिलायन्स फाइनान्स रू. ५ करोड २ लाख र गुहेश्वरी मर्चेन्ट फाइनान्स रू. ४ करोड ९७ लाख घाटामा रहेका हुन ।