काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्नका लागि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । आयोजना निर्माणको हालसम्मको प्रगति, खर्च अनुमोदन र शेयर खरीद विक्री कार्यका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ३ मेगावाट क्षमताको फेदी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।