काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ३८ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष ४० करोड ६४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४३ करोड ४८ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ७८ करोड २३ लाख ९६ हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ २ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ छ ।
दोस्रोे त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी छ भने कुल दायित्व कुल चालू दायित्व रकम ३१ करोड ३३ लाख रुपैयाँभन्दा बढी छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ २१ पैसा छ ।