काठमाडौं । फ्रान्सको संसदीय चुनावमा न्यू पपुलर फ्रन्ट नेतृत्वको वामपन्थी गठबन्धनले सर्वाधिक सिट जितेको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको दल दोस्रो ठूलो पार्टी बनेको छ ।
सार्वजनिक मतपरिणामअनुसार चुनावमा विपक्षी न्यू पपुलर फ्रन्ट नेतृत्वको वामपन्थी गठबन्धनले १८८ सिट जितेको समाचार एजेन्सी अलजजीराले जनाएको छ ।
यसअघि सन् २०१७ को चुनावमा ३०८ सिट जितेको राष्ट्रपतिको दल दोस्रोमा सीमित भएको छ । उक्त दलका उम्मेदवारहरू १६१ स्थानमा विजयी भएका छन् । यस्तै, नेशनल ¥यालीले १४२ स्थानमा जित हासिल गरेको अलजजीराले जनाएको छ ।
५७७ सदस्यीय राष्ट्रिय सभामा कुनै पनि दलले बहुमत पाएका छैनन् । राष्ट्रिय सभामा बहुमतका लागि २८९ सिट आवश्यक पर्छ । अर्थात् अहिले कुनै पनि दलले एकल सरकार बनाउन सक्ने अवस्था छैन ।
वामपन्थी गठबन्धनले सरकार बनाउने दाबी गरिरहेको छ । यो अवस्थामा उसलाई बहुमतका लागि १०१ सांसदको समर्थन चाहिन्छ ।
युरोपेली संघका लागि भएको निर्वाचनमा आफ्नो दलले पराजय भोगेपछि फ्रान्सका राष्ट्रपति म्याक्रोंले कार्यकाल बाँकी रहँदै संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए । फ्रान्समा संसद्को कार्यकाल सन् २०२७ सम्म बाँकी थियो । एजेन्सीको सहयोगमा