काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले ७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।