काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १७ करोड ४२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिसम्म कम्पनीको खुद नाफा १२ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा भने १२ दशमलव ३८ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष २८ करोड ६४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष २५ करोड १० लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ । रिटर्न अर्निङमा १३ करोड ६९ लाख रुपैयाँभन्दा बढी रकम रहेको कम्पनीको जगेडा कोषमा भने २९ करोड १९ लाख रुपैयाँभन्दा बढी छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले सहकारी तथा अन्य संस्थाहरूमा ७ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी र आफ्ना सदस्यहरूमा २ करोड २९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ६६ प्रतिशत रहेकोमा गत वर्ष २ दशमलव शून्य ७ प्रतिशत कायम भएको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ७६ पैसा छ ।