काठमाडौं। फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । यसले उक्त क्षेत्रका ग्राहकको दैनिक आवश्यक सामानको किनमेल थप सहज हुने अपेक्षा गरिएको छ ।
शुरूमा वानमार्टको सेवा गैरीधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित थियो । अब ललितपुरको सानेपाबाट ४ किलोमिटरको क्षेत्रमा यो सेवा फैलिएको र यसबाट जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समट्ने बताइएको छ ।
फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले सेवा विस्तारसँगै वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेका बताए । कम्पनीले आगामी दिनमा अन्य धेरै क्षेत्रमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको बताइएको छ ।