भदौ १०, काठमाडौं । पिपुल्स पावर कम्पनीको आईपीओ आइतवार अर्थात भदौ १२ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी दिएको हो । आईपीओको प्रि अलोटमेन्ट भने बुधवार सम्पन्न भइसकेको क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा ७ दशमलव ९३ गुणा बढी आवेदन परेको छ । यस आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाट हुनेछ । कम्पनीको आईपीओमा कुल १६ लाख ६ हजार १०९ जनाले आवेदन दिएका हुन । जसमध्ये २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले साउन ३१ गते देखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीको लागि ,१ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.