काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ ।
बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक संस्थापकले आज (पुस २६ गते)बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
उक्त समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा भने अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ ।