काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । आयोगले फागुन १५ गते कम्पनीलाई १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । आयोगको अनुमति पाएसँगै कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिनका लागि समेत कम्पनीलाई बाटो खुला भएको छ । जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व अनिवार्य आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।