काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २८ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको बताए ।