काठमाडौं । पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने विक्री आवेदन खुलाएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि विक्रीमा राखेको जनाएको छ । कम्पनीले कति कित्ता भन्ने उल्लेख गरेको छैन ।
शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।