काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित प्रभु सेलेक्ट फण्डले मंसिर मसान्तसम्म १७ करोड ९२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । यो रकम कात्तिक मसान्तसम्मको तुलनामा ५ करोड ९८ लाख रुपैयाँभन्दा कम हो । कात्तिक मसान्तसम्म योजनाले २३ करोड ९० लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
मंसिरमा योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफा घट्न पुगेको हो । कात्तिकमा २४ करोड ९० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले ९९ लाख ४४ हजार रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।
मंसिरमा भने योजनाले १९ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । मंसिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ ।
बैंक मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छ । प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिकमा १२ रुपैयाँ ४२ पैसा रहेकोमा मंसिरमा ११ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । मंसिर मसान्तसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी छ ।