काठमाडौं। हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई २ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा प्रहरी परिसरलाई सहयोगगरेको हो ।
शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमारी, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिको निगरानी तथा रोकथामका लागि बंैकले प्रहरी परिसरलाई उक्त सहयोग गरेको बताइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले उक्त सामग्री प्रहरी उपरीक्षक कुमोद ढुंगेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्य समेत उपस्थित थिए ।