काठमाडौं। इन्ष्टिच्युट अफ इञ्जिनियरिङ (आईओई) थापाथली क्याम्पसले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलसँगको सहकार्यमा ५९औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रम मार्फत २०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ संकायको परीक्षामा क्याम्पसबाट स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने प्रजेश श्रेष्ठलाई सम्मानित गरिएको छ । उनलाई ‘श्री शंकरलाल अग्रवाल स्वर्णपदक–२०८१’ प्रदान गरिएको हो । उनले प्रमाणपत्रका साथै नगद रू. ५१ हजार पुरस्कार प्राप्त गरेका छन् ।
इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर वज्राचार्यज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा शंकर ग्रुपका निर्देशक सञ्चालन तथा मार्केटिङ रवि प्रकाशका साथै क्याम्पस प्रमुख डा. खेम ज्ञवाली लगायतको उपस्थिति थियो ।