काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालैको बाढीपहिरो र डुबानबाट प्रभावितको राहत तथा पुन:स्थापनाका लागि २ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलवार सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम जम्मा गरेको हो । हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, सहसचिव विनोद कुँवर, बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीको उपस्थिति थियो ।