काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको ४९ हजार ५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेका हुन् । उक्त शेयरमा आवेदन दिन चाहने इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई विक्री खुला गरिने कम्पनीले जनाएको छ ।