काठमाडौं । बुधबार प्रतिनिधि सभा बैठक संसद भवन नयाँ बानेश्वरमा शुरू भएको छ । संसद सचिवालयका अनुसार आज विभिन्न विधेयक प्रस्तुत गर्ने तथा त्यस उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तो छ आजको कार्य सूची
"सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर के.सी. र दुर्गा राईबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले "सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१" प्रस्तुत गर्ने ।
"आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर के. सी., देवेन्द्र पौडेल र नारायणी शर्माबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले "आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१" प्रस्तुत गर्ने ।
"निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर के.सी. बाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले "निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१" प्रस्तुत गर्ने। "आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, शेर बहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्रबहादुर के.सी. र हितबहादुर तामाङबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले "आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१" प्रस्तुत गर्ने ।
"सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१" लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रुपा सोशी (चौधरी), चित्रबहादुर के.सी., रामकुमार राई, लेखनाथ दाहाल, पूर्णबहादुर घर्ति मगर र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिने ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले "सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१" प्रस्तुत गर्ने ।
गृह मन्त्री रमेश लेखकले "सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।