बर्दिया । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दियाको जव्दीघाट पुलको निरीक्षण गरेका छन् । सोमबार मन्त्रालयका सचिव केशवकुमार शर्मा एवम् प्राविधिकहरू सहित मन्त्री दाहालले क्षतिग्रस्त पुलको निरीक्षण गर्नु गरेका हुन् । निर्माण भएर उद्घाटन समेत हुन नपाई उक्त पुलको बिच भागमा भत्किए पछि सो पुल निर्माणमा त्रुटि र कमजोरी भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
निरीक्षणका क्रममा मन्त्री दाहालले कुनै पनि योजनाहरूमा त्रुटि र लापर्बाही हुने अवस्था आउन नदिन निर्देशन दिए । योजनाहरूलाई त्रुटि रहित बनाउनकै लागि निर्माणमा संलग्न सबै पक्षहरूलाई उत्तरदायी बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।
उक्त स्थानमा पुल भत्किएका कारण नागरिकमा परेको समस्या समाधानका लागि नयाँ पुल निर्माणको प्रक्रिया अघि बढि सकेको मन्त्रालयले जनाएको छ । २०७४ सालको साउनमा आएको बाढीले निर्माण पूरा भई उद्घाटन हुनु अघिनै सो पुलका दुई स्पान भासिएका थिए ।