काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले दुई आर्थिक वर्षको लाभांश बुझ्न शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई आगामी एक महीनाभित्र बुझ्न भनेको हो ।
कम्पनी ऐन, २०६३ ले गरेको व्यवस्थाबमोजिम तोकिएको अवधिभित्र नगद लाभांश बुझ्न नआए नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
तोकिएको अवधिभित्र आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले भनेको छ । यस कम्पनीले आर्थिक वर्ष ०७४/७५ मा २ दशमलव ६३ प्रतिशत र आर्थिक वर्ष ०७५/७६ मा ६ दशमलव ५८ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।