काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले पुस १८ गते ललितपुरको तिखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्युमा साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।